पूर्वगृहमन्त्री खाणको चरित्रहत्या नगर्न तरुण दलको अनुरोध
काठमाडौं । नेपाल तरुण दलले पूर्वगृहमन्त्री बालकृष्ण खाणविरुद्ध आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गरेर खाणका विरुद्ध आएका समाचार तथ्यहीन र भ्रामक रहेको जनाएका छन् ।
‘समाजमा भ्रम एवम् अन्यौल उत्पन्न हुने र व्यक्तिको चरित्रहत्या हुने खालको समाचारहरू सम्प्रेषण नगरिदिनुहुन सम्पूर्ण सञ्चारमाध्यमहरूलाई अनुरोध छ’, अध्यक्ष गुरुङले भनेका छन् ।
तरुण दलले आफ्नो तह र क्षेत्रबाट नेपाल सरकार र नेपाल प्रहरीलाई निष्पक्ष अनुसन्धानको लागि सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

Published : Saturday, 2023 May 6, 10:46 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया