पूर्वगृहमन्त्री खाणले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूविरुद्ध तथ्यहीन समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार खाणले विज्ञप्ति जारी गरेर व्यक्तिगत चरित्रहत्या हुने खालका समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

खाणले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारेमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेशित नगरीदिनु हुन अनुरोध छ’, पूर्वगृहमन्त्री खाणले भनेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणको नाम जोडेर समाचार आएपछि खण्डन गरिएको छ ।

Published : Saturday, 2023 May 6, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया