काठमाडौं आउँदै गरेको ठूलो जहाज पटनामा आकस्मिक अवतरण
काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।
शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएपछि पटना डाइभर्ट गरिएको छ । जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन् ।
जहाजलाई पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरेका छन् ।
केही दिन अगाडि काठमाडौंबाट दुबई उडेको जहाजको ईन्जिनमा आगलागी भएको थियो । तर, जहाज जोखिम मोलेर दुबईसम्म पुगेर सकुशल अवतरण गरेको थियो ।
Published : Friday, 2023 May 5, 10:03 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया