सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेर डा.रिजाललाई उद्दार गरिदिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

शुक्रबार सभापति देउवाले डा.रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । १४औँ महाधिवेशनमा उप–सभापति पदमा उम्मेदवार बनेका डा.रिजाल पराजित भएका थिए ।

नेता शेखर कोइराला निकट मानिने डा.रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्य बनाएर उद्धार गरिदिएका छन् ।

डा.रिजालको अहँकारी स्वभावका कारण प्रतिनिधि सभाको निर्वाचनका बेला टिकट पाएका थिएनन् । उप–सभापति पदमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि मनोनयन भएको थिए ।

पछिल्लो समय निकै तनाबपूर्ण अवस्थामा रहेका डा.रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर सभापति देउवाले केही सहजता बनाइदिएका छन् ।

Published : Friday, 2023 May 5, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया