यी हुन् काठमाडौंका मोटरसाइकल चोरहरू, कारबाही गर्न चापागाउँ पठाइयो
काठमाडौं । प्रहरीले दुई जना मोटरसाईकल चोरहरूलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई ललितपुरको भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका–७ धुल्खु घर भई काठमाडौंको बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले लोकबहादुरलाई बाग्मती प्रदेश ०२–०२८ प ४४४८ नम्बरको मोटारसाईकलसहित पक्राउ गरेको थियो ।
लोकबहादुरसँग सोधपुछ गर्ने क्रममा मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया