सभापति लामिछाने र अध्यक्ष डा.राउतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच भेटवार्ता भएको छ ।

काठमाडौंमा मंगलबार सभापति लामिछाने र अध्यक्ष डा.राउतबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

‘नयाँ शक्तिहरू बीचको सौहार्दता, नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो’, सभापति लामिछानेले भनेका छन् ।

रास्वपा सरकारमा जाने तयारीमा छ । जनमत पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ ।

Published : Tuesday, 2023 May 2, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया