एमालेका नेता घिमिरेद्वारा जमलको होटेलमा विष सेवन

काठमाडौं । एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिएका छन् ।

घिमिरे काठमाडौंको जमलमा रहेको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन् ।

नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए ।

उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।

घिमिरे शनिबारदेखि कैलाश होटलमा बस्दै आएका थिए । उनले विष सेवन गर्नुको कारण खुलेको छैन । घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ ।

Published : Tuesday, 2023 May 2, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया