बैयावेहडीबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
काठमाडौं । प्रहरीले कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।
धनगढी उप–महानगरपालिका–२ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपियाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 May 2, 10:53 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया