घोराही घर भएकी शर्माको काठमाडौंको डेरामा चोरी

काठमाडौं । काठमाडौंको शंखमूलमा २८ वर्षीया उपमा शर्माको कोठामा चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–३१ शंखमूल डेरा गरी बस्ने दाङको घोराही उप–महानगरपालिका–१८ स्थायी घर भएकी शर्माको कोठाको ताल्चा फोडेर चोरी भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

चोरले सुन, हीराको औंठी तथा नगद गरी करिब ५ लाख २७ हजार रूपियाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2023 April 28, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया