अल्टिच्युड एयरका वरिष्ठ कप्तानलाई कारबाही
काठमाडौं । अल्टिच्युड एयर प्रा.लि.का वरिष्ठ कप्तान निलम्बनमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वरिष्ठ कप्तानलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको प्रेस नोटमार्फत जनाएको छ ।
‘सुरक्षा मापदण्डको उल्लंघनको कारण, मर्मत प्रबन्धक र अल्टिच्युड एयर प्रा.लि.का एक वरिष्ठ कप्तानलाई अर्को सूचना नभएसम्मका लागि सम्बन्धित सक्रिय कर्तव्यबाट निलम्बन गरिएको छ’, प्राधिकरणद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ठूला दुर्घटनाका दोषीलाई भन्दा झिनामसिना कुरा हात हाल्ने गरेका छन् ।
कारबाही गर्नै पर्नेलाई अधिकारीले कारबाही गर्नुको साटो झिनामसिना कुरामा लागेर समय बर्बाद गरेको आरोप छ ।
Published : Thursday, 2023 April 27, 7:15 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया