हरिकला चाबहिलबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ३२ वर्षीया हरिकला दाहाललाई पक्राउ गरेको छ ।

प्रहरीले हरिकलालाई मंगलबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् । झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौं कपन बस्दै आएकी हरिकलाविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो ।

हरिकलाले वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारेको अभियोग लागेको छ ।

पीडितहरूबाट पटक पटक गरी ४८ लाख रुपियाँ ठगी गरेकोले हरिकलालाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Published : Wednesday, 2023 April 26, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया