जग्गा कित्ताकाटसम्बन्धी विषय बल्ल अगाडि बढ्यो, प्रहरीको नियमावली पनि संशोधन
काठमाडौं । सरकारले काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फास्ट ट्रयाकको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय पनि गरेको बताएका छन् ।
उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताएका छन् ।
‘केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं’, उनले भने, ‘त्यो समितिले काम अघि बढाएको छ ।’
मन्त्री ज्वालाले भने, ‘छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ ।’
‘सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ’, उनले भनेका छन्, ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ ।’
उनले भने, ‘जग्गा कित्ताकाटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।’
मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया