कांग्रेसका खतिवडाले पठाइदिए अग्नि नियन्त्रण गर्ने मेसिन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले अग्नि नियन्त्रणसम्बन्धी सामग्रहरू गृहजिल्ला ओखलढुंगामा पठाएका छन् ।
आइतबार खतिवडाले अग्नि नियन्त्रणसम्बन्धी सामग्रहरू सिद्धिचरण नगरपालिकालाई पठाएको उनका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
खतिवडाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अग्नि नियन्त्रण गर्ने सामग्रीहरूको माग गरेका थिए ।
करीव ५० किलोको अग्नि नियन्त्रण गर्ने मेसिनलाई दुई जना मानिसले बोकेर आगलागी भएको स्थानमा लगेर आगो नियन्त्रण गर्न पनि सक्नेछन् । यी सामग्रीहरूकाे मूल्य करीव तीस लाख पर्छ ।
बाटो नपुगेको स्थानमा यो मेसिनले आगो नियन्त्रणमा सहयोग गर्ने विश्वास आफूले लिएको कांग्रेसका नेता खतिवडाले बताएका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया