अहँकार देखाउँदै धेरै चढेपछि सेतोपाटीले भेट्यो २४ घण्टे पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले सेतोपाटी नामक अनलाइनलाई स्पष्टीकरण सोधेको छ ।

काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सेतोपाटी डटकमका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । बोहराले बिहीबार स्पष्टीकरण पत्र पठाएर २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएका हुन् ।

‘तपाईको सञ्चारमाध्यमबाट चुनावी विश्लेषणको नाममा उप–निर्वाचनको सन्दर्भमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष र कुनै राजनीतिक दलका उम्मेदवारको विपक्षमा आचारसंहिता प्रतिकूल सामग्री के कसरी सम्प्रेषण हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्णयानुसार सूचित गरिन्छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

सेतोपाटी डटकम नामक अनलाइनले बारामा उपेन्द्र यादवको विपक्ष र शिवप्रसाद कुशवाहको पक्ष मत सर्वेक्षणका नाममा समाचार सम्प्रेषण प्रकाशित गरेको थियो ।

तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराईको विपक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको पक्षमा समाचार सम्प्रेषण गर्दै भट्टराई पराजित हुने र डा.वाग्ले विजयी हुने उल्लेख गरेको थियो ।

चिवतन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित गर्ने अधिकार सबै सञ्चारमाध्यमलाई छ । तर, कसैको हण्डी खाएर फलानोले जित्छ, ढिस्कानोले हार्छ भनेर मत सर्वेक्षणका नाममा हर्कत गर्नु हुँदैन ।

पश्चिमा राष्ट्रहरूको उक्साहटमा लागेको आरोप सेतोपाटीलाई लाग्दै आएको छ । सेटोपाटीका समाचार पनि पश्चिमा राष्ट्रहरूको एजेण्डामा आउने गरेको चर्चा छ ।

Published : Thursday, 2023 April 20, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया