कांग्रेसले विष्टलाई अवसर दियो

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सभाको संसदीय दलको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको शाहीले बताएका छन् । सांसद विष्ट कालिकोट (२) बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

Published : Thursday, 2023 April 20, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया