बागमती कांग्रेसका सांसद महर्जन तनहुँ १ मा, भट्टराईको प्रचार प्रसारमा सहभागी हुने

दमौली । नेपाली कांग्रेस युवा नेता तथा बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जन उप–निर्वाचनको प्रचार–प्रसारका लागि तनहुँ क्षेत्र नं. १ मा आएका छन् ।

नेता महर्जन सोमबार तनहुँ आइपुगेका हुन् । कांग्रेसले मंगलबार चुनावी कार्यक्रम गर्न लागेको छ ।

तनहुँ क्षेत्र नं. १ मा कांग्रेसबाट नेता गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । भट्टराईको पक्षमा प्रचार प्रसार गर्न बागमती कांग्रेसका सांसद महर्जन तनहुँ आइपुगेका हुन् ।

नेता महर्जनका साथै कांग्रेस महाधिवेश प्रतिनिधि सुरज श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य दिनेश घोरासाइने, ललितपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष दीपक घिमिरे, नेपाल विद्यार्थी संघ ललितपुरका जिल्ला अध्यक्ष सरोज घोरासाइने पनि रहेका छन् ।

खेलकुद जगतका हस्ती नेता महर्जनले मंगलबार तनहुँ जिल्लामा रहेका खेलाडीहरूको भेला गर्नेछन् । भेलामा सहभागीहरूलाई कांग्रेसका उम्मेदवार भट्टराईलाई मतदान गरेर विजयी बनाउन अनुरोध गर्नेछन् ।

नेता महर्जन ५ गते चितवन पुगेर कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउनेको लागि चितवन जिल्लाका खेलाडीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको महर्जनका स्वकीय सचिव दीपक घिमिरेले बताएका छन् ।

Published : Monday, 2023 April 17, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया