सभापति लामिछानेका ड्राइभर घाइते भेटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर गम्भीर अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुरस्थित घरको छतबाट खसेर लामिछानेका ड्राइभर ३९ वर्षीय दिलबहादुर थापा ‘शम्भु’ घाइते भएका हुन् ।

थापा घरको तीन तलामाथिबाट तल खसेको प्रहरीले जनाएको छ । थापा सोमबार बिहान ४ बजे छतबाट खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

थापाको स्थायी घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ मा पर्छ । प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ ।

ड्राइभर थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । थापा रास्वपाका महामन्त्री मुकुल कालका सवारी चालक कालुराम राजवंशीसँग सँगै राति छतमा सुतेका थिए ।

सभापति लामिछानेलाई लिएर ड्राइभर थापा आइतबार तनहुँको दमौली पुगेका थिए । लामिछानेले सोमबार बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

Published : Monday, 2023 April 17, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया