बहालवाला प्रहरी सहायक निरीक्षक नै पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुसको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भदैसवारलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक भदैसवारलाई ९ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

भदैसवार मुद्दा फाँटमा कार्यरत थिए । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै ईलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले प्रहरी सहायक निरीक्षक भदैसवारलाई अख्तियारको टोलीले पक्राउ गरेको बताएका छन् ।

प्रहरीभित्र भ्रष्टाचारको आरोपहरू लागेका बेला सिरहामा प्रहरी सहायक निरीक्षक रंगेहात पक्राउ परेका छन् ।

Published : Thursday, 2023 April 13, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया