बालेनले प्रचण्डलाई सिंहदरबार अन्तै सार्न धम्की दिए, बाहिरी जिल्लाका मानिसहरूको अपमान गरे
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारलाई काठमाडौं उपत्यका बाहिर सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की दिएका छन् ।
बिहीबार ट्वीट गर्दै शाहले प्रधानमन्त्री दाहालको नाम नलिएर सिंहदरबारलाई हटाउन माग माग गरेका हुन् । शाहको पछिल्लो ट्वीटले सरकारलाई झन् छिढ्याउने काम भएको छ ।
मेयर शाहले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।’
‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राज्धानी सार्नुस्’, मेयर शाहले भनेका छन् । ‘हामीलाई हाम्रो सम्पदा, संकृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन’, मेयर शाहले भनेका छन् ।
काठमाडौं महानगरपालिकाभित्र अल्पमतमा परेका शाहले काम गर्न सकिरहेका छैनन् । काम गर्न नसकेपछि सामाजिक सञ्जालमा जथाभावी लेखेर सरकारसँग झगडा गरिरहेका छन् ।
सरकारले यसअघि मेयर शाहलाई आफ्नो अकौत र मर्यादामा बस्न चेतावनी दिएको छ । शाहले काम गर्न सक्दैनन् भने मेयर पदबाट राजीनामा दिए हुन्छ । होइन भने अराजक शैलीमा अभिव्यक्ति दिने कार्य अन्त्य गर्नुपर्छ । युवाहरूका बीच लोकप्रिय छु भन्दैमा मेयर शाहले आफ्नो जिम्मेवारीलाई भुल्नु हुँदैन ।
मेयर शाहले काठमाडौंमा बस्ने अन्य जिल्लाका जनताको अपमान गर्न थालेका छन् । सिंहदरबार रहेका कारण र अवसरका कारण विभिन्न जिल्लाबाट मानिसहरू काठमाडौंमा बस्न आएका छन् । ती मानिसहरूका कारण काठमाडौंमा समस्या भएको बालेनको बुझाइ छ । सिंहदरबार सार्न धम्की दिनुभनेको अरु जिल्लाका मानिस काठमाडौंमा नआउन् भन्नु हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया