प्यूठानमा पिकअप दुर्घटना, बुढानिलकण्ठमा डिलबहादुरको शव भेटियो

काठमाडौं । प्यूठानसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवा गेट नजिक सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ बस्ने ८५ वर्षीय नेमी लाल साहको मृत्यु भएको छ ।

शनिबार दिउँसो उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भारतको सितामढीस्थित अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्यूठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा बिजुवारदेखि दाङतर्फ जाँदै गरेको लु.३ च ३८५५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दाङको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने २२ वर्षीय सत्यनारायण चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक सहित २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारस्थित सडकमा बा.३ च ५२९३ नम्बरको कारमा को.१५ प १९१ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका–९ बगाटोल बस्ने ३६ वर्षीय ध्रुव बस्नेतकी छोरी १० वर्षीया एंजिला बस्नेतको मृत्यु भएको छ ।

उक्त मोटरसाइकल कारमा ठक्कर खाई पुन ना.६ ख ९८५२ नम्बरको ट्रकको पछाडि समेत ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ध्रुव बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन तथा कार र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको रूपा गाउँपालिका–७ तालबेशीस्थित सडकमा तालबेशीबाट काउरेतर्फ जाँदै गरेको बा.४ ख १६४ नम्बरको मिनी टिपर आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार नुवाकोट घर भएका २९ वर्षीय राम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुस्थित सडकमा सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.८ ख २०४६ नम्बरको टिपर आफै अनियन्त्रित आइतबार दिउँसो दुर्घटना हुँदा टिपरका सह–चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका बस्ने २८ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पताल हुँदै न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालक समेत २ जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ धामपुरस्थित सडकमा रम्मापुरबाट जयनगरतर्फ जाँदै गरेको भे.११ प ७४१६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–६ धामपुर बस्ने ८१ वर्षीया देबकी गिरीको मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुटार बंगुर फर्म नजिक जस्ताको टहरोमा रामेछापको नामाडी गाउँपालिका–६ घर भएका ५० वर्षीय डिल्लीबहादुर सुनुवार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको मकालु गाउँपालिका–५ सामसिङस्थित हातिसे खोल्सा नजिक दाङको घोराही उप–महानगरपालिका–२ बस्ने ४५ वर्षीय रमेश शर्मा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको दुधपोखरी गाउँपालिका–२ भुम्लिचोकस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Monday, 2023 April 10, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया