दाङको मसोटमा बस दुर्घटना, एघार जना यात्रु घाइते
काठमाडौं । दाङमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
बिहीबार दिउँसो करीव सवा तीन बजे लमही–घोराही सडक खण्डको मसोट खोला नजिकै भे १ ख २३१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालगञ्जबाट घोराही जाँदै गरेको बस अनियन्त्रित भइ सडकको दाहिनेतर्फ पल्टिन गई दुर्घटना भएको थियो । बसमा १२/१३ जना यात्रु सवारी थिए ।
घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका–४ फाटाका २८ वर्षीय रीना पुन मगर, घोराही उप–महानगरपालिका ३ घैसपुर बस्ने २८ वर्षीय तुलसी चौधरी, तुलसीपुर उप–महानगरपालिका १७ बस्ने २४ वर्षीय विकाश कार्की, घोराही १८ की २० वर्षीया बबिता जिसी, बर्दियाको राजपुर नगरपालिका ८ बस्ने ३० वर्षीय प्रकाश थारु रहेका छन् ।
घोराही १० बस्ने ५० वर्षीया सीता नेपाली, घोराही १० बस्नेत गोविन्द नेपाली, घोराही १० बस्ने १० वर्षीया डिलिसा नेपाली पनि घाइते भएका छन् ।
प्यूठानको झिम्रुक गाउँपालिका ५ बस्ने ४६ वर्षीया अमृता पुन गाला, बाँकेको राप्ती सोनारी गाउँपालिका ८ बस्ने ३४ वर्षीया अमृता बुढाथोकी र प्यूठानको प्यूठान नगरपालिका ५ की २२ वर्षीया सरीता केसी पनि घाइते भएका छन् ।
घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल र कृपा मेडिकल लमहीमा उपचार भइरहेको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया