प्रहरीद्वारा दावासहित आठ जनाकाे ग्याङलाई पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दावा गुरुङसहित ८ जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपियाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित सोही गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यता, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दीपक विक समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया