कांग्रेसका नेता अर्बपतिको सूचीमा, कति छ सम्पत्ति ?

काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरी पनि अर्बपतिको १६४१ औं स्थानमा परेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर बराबर रहेको फोर्ब्रसको सूचीमा उल्लेख छ । चौधरी नेपालका एक मात्र अर्बपति हुन् । चौधरी विश्वको १६४७औं धनी व्यक्ति बनेका छन् ।

चर्चित म्यागेजिन फोर्ब्रसले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो ।

६७ वर्षका चौधरीको सम्पत्ति स्रोत विविध रहेको छ । काठमाडौंका चौधरीका तीन सन्तान छन् । फोर्ब्रसले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो ।

सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए । त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो । चौधरीले आफ्नो कमाइबाट ट्रष्टमार्फत समाज सेवा पनि गर्दै आएका छन् ।

चौधरी नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा शानदार मत ल्याएर निर्वाचित भएका छन् । चौधरीले यो सफलता पाउने निकै ठूलो मेहनत गरेका छन् । उनले लामो संघर्ष र मेहनतपछि विश्वका धनीहरूको सूचीमा पर्न सफल भएका हुन् ।

Published : Thursday, 2023 April 6, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया