श्रीमतीले न्यायाधीश पतिलाई पक्राउ गर्न अदालतबाटै पुर्जी जारी गराइन्
काठमाडौं । जिल्ला अदालत कपिलवस्तुबाट प्रहरीले न्यायाधीश भुवन गिरीलाई पक्राउ पुर्जी ल्याएको छ ।
श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश गिरीमाथि पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिएका छन् ।
न्यायाधीश गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ ।
गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात कीर्ते काण्डमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया