मीनभवन प्रहरीद्वारा धासापीबाट दुई युवक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले निमा तामाङ (आशिष तामाङ) र कुशल श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले २१ वर्षीय आशिष तामाङ र २१ वर्षीय कुशल श्रेष्ठलाई चैत २० गते धापासीबाट पक्राउ गरेको मंगलबार प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रवन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३ स्थायी घर भइ हाल काठमाडौंको टोखा नगरपालिकाको वडा नं. ६ धापासी बस्दै आएका आशिषले नक्कली फेसबुक आईडी बनाएर नबालिका किशोरीलाई बोलाएर बलात्कार गरेको अभियोग लागेको छ ।

आशिषले ती किशोरीलाई चैत ६ गते टोखा नगरपालिकाको वडा नं. ३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. ७ स्थायी घर भइ हाल धासापी बस्दै आएका कुशल श्रेष्ठलाई बोलाएर नाबालिक किशोरीलाई रातभरि सामूहिक बलत्कार गरेको प्रहरीले जनाएको छ ।

आशिषले ती किशोरीलाई भेट्न बोलाएका थिए । त्यसपछि गेष्ट हाउसमा लगेर आफ्ना साथी कुशललाई बोलाएर बलात्कार गरेका थिए ।

Published : Wednesday, 2023 April 5, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया