पाहुना आउँछन् जान्छन्, तनहुँको विकास गर्नेलाई मत दिनुस् : भट्टराई

दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको बताएका छन् । उनले आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए ।

तनहुँको माटो नै नचिनेका व्यक्तिहरू उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु छाडेर जाने भए पनि आफू भने यहीं विकासमा लागि पर्ने बताएका छन् ।

कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ?
आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको उनले सुनाए ।

भट्टराइले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने बताएका छन् । उनले भने, ‘म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।’

डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेता रामचन्द्र अधिकारी, रेशम गुरुङ लगायत उपस्थित थिए ।

Published : Tuesday, 2023 April 4, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया