समयमा बीउ र मलको व्यस्था गर्न कांग्रेस सांसद देवकोटाको माग

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले बीउ र मलको व्यवस्था समयमा गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद देवकोटाले बाली लगाउने समय आएको भन्दै बीउ र मलको समस्याप्रति ध्यानाकर्षण गराएकी हुन् । उनले विगतमा समयमा बीउ र मल उपलब्ध गराउन नसक्दा सरकारको आलोचना भएको पनि बताएकी छिन् ।

उनले सरकारले नागरिकका कुरालाई अगाडि राखेर काम गर्नुपर्ने बताएकी छिन् । उनले कोरोनाले गर्दा देशको अर्थतन्त्र थिलोथिलो भएको उनले बताएकी छिन् । उनले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्कन नसकेको बताएकी छिन् ।

युवाहरू विदेश पलायन हुने अवस्था बढेर आएको भन्दै कांग्रेसकी सांसद देवकोटाले बताएकी छिन् । युवाहरू विदेश पलायन हुने कुरालाई रोकथामका कार्यक्रम ल्याउनुपर्ने बताएकी छिन् ।

उनले कृषिको विषयमा राजनीतिक दलका घोषणा पत्रमा उल्लेख रहे पनि घोषणा पत्रका करालाई लागू गर्ने इच्छा नदेखाएको बताएकी छिन् ।

Published : Tuesday, 2023 April 4, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया