‘चाणक्य’ टेलिभिजन धाराबाहिकका निर्देशक द्विवेदी काठमाडौंमा
काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंले अन्तरक्रिया गरेको छ ।
केन्द्रले आइतबार कुपण्डोलमा प्रख्यात भारतीय चलचित्र निर्देशक तथा अभिनेता डा.चन्द्रप्रकाश द्विवेदीसँग अन्तरक्रियाको आयोजना गरेको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अभिनेता, चलचित्र निर्देशक एवम् पटकथा लेखक द्विवेदी सन् १९९१ को टेलिभिजन धारावाहिक नाटक ‘चाणक्य’को निर्देशकका रुपमा सर्वाधिक परिचित छन् ।
सो धारावाहिक नाटकमा उनले भारतका रणनीतिविद् चाणक्यको भूमिका निर्वाह गरेका थिए । चलचित्र ‘पिन्जर’ (२००३), धारावाहिक नाटक ‘उपनिषदगंगा’ (२०१२), ‘सुराज्यसंहिता’ (२०१९) र ‘सम्राटपृथ्वीराज’ (२०२२) जस्ता चलचित्रका निर्देशकका रुपमा द्विवेदी परिचित छन् ।
अन्तरक्रियामा डा. द्विवेदीले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा.आसावरी बापटसँग कुराकानी गर्दै चलचित्र निर्माण र सो क्षेत्रमा आफ्नो तीन दशकभन्दा लामो अनुभव सुनाएका छन् ।
उनले कौटिल्य एवम् विष्णु गुप्तको नामले परिचित चाणक्यका नीति तथा दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
कार्यक्रममा नेपालका चर्चित चलचित्र निर्माता तथा निर्देशक, कलाकार, नाट्यकर्मी र मिडिया प्रतिनिधिको उपस्थिति थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया