ललितपुरमा प्रहरी छापा, नगदसहित मान्छेहरू पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलेको जुवाको खालमा छापामारेर १७ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपियाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

उता, कैलालीको जानकी गाउँपालिका–३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

Published : Saturday, 2023 March 4, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया