संघका अध्यक्षलाई यौन दुर्व्यवहारको आरोप, बाबल भएपछि धेरैले दिए राजीनामा

काठमाडौं । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष समीर बलामी युवतीलाई यौन दुर्व्यवहारको आरोप लागेको भन्दै केही पत्रकार सदस्यहरूले अध्यक्ष नमान्ने घोषणा गरेका छन् ।

नवौँ अधिवेशन तथा २३औँ साधारणसभाबाट १७ गते संघको नयाँ कार्यसमिति चयन भएको थियो ।

बलामीको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि १८ जना साधारण सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

संघको नयाँ नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पुष्प थपलिया, संगीता गिरी, सुशील पौडेल, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ रहेका छन् ।

संघीकी एक सदस्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैंले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व आफूहरूलाई स्वीकार्य नभएको राजीनामा पत्रमा उल्लेख छ ।

अध्यक्ष बलामीले राजीनामा पत्र चलचित्र पत्रकार संघमा आइनपुगेको विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।

राजीनामा दिएकाहरूले बलामीलाई आफूहरूले अध्यक्ष नमानेको बताएका छन् । उनीहरूले आफूहरूले नमानेको अध्यक्षलाई सम्बोधन नगर्ने बताएका छन् । राजीनामा दिएकाहरूले संस्था मान्ने तर अध्यक्ष नमान्ने बताएका छन् ।

Published : Saturday, 2023 March 4, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया