गगन थापाद्वारा विद्यादेवी भण्डारीका गलत कुराहरूको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ८ दलले गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको बताए ।

एमालेकी उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको गोटी बनेर संविधान विपरितका क्रियाकलाप गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू सचेत छन् ।

एउटा व्यक्तिका कारण गत पाँच वर्ष खेर गएको कांग्रेसका महामन्त्री थापाले बताएका छन् ।

उनले अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने बताएका छन् ।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गरेर ५ वर्षको समय खेर फाल्नु परेको बताएका हुन् ।

थापाले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए ।

महामन्त्री थापाले अहिले प्रचण्ड, माधव नेपाल लगायतका शीर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको बताएका छन् ।

Published : Friday, 2023 March 3, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया