कथित अभियन्ताद्वय ज्वाला र ताराबीच ठूलो झगडा, ज्वालासँग तारा बुरुक्क

काठमाडौं । कथित स्वघोषित अभियन्ताद्वय ज्वाला संग्रौला र तारा बरालका बीच सामाजिक सञ्जालमा द्वन्द्व चलेको छ ।

काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागभित्र दुई दिन अगाडि प्रवेश गरेर कर्मचारी र वैदेशिक रोजगार व्यवसायीहरूमाथि तथानाम गालीगलौज गरेपछि कुटाइ खाएकी थिइन् । सामान्य कुटाइ खाएकी तारा भुइँमा लडेर धेरै नै चोट लागेको जस्तो नौटंकी गरेकी थिइन् । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ताराको हर्कतको विरोध गर्दै ज्वाला संग्रौलाले तारालाई संयमित हुन चेतावनी दिएकी थिइन् । ज्वालाले सामाजिक सञ्जालमा तारालाई अर्ती दिएर लेखेकी छिन् । ज्वालाले तारालाई मर्यादित र संयमित भएर काम गर्न सुझाव चेतावनी दिएकी छिन् ।

ज्वालाले लेखेकी छिन्, ‘वैदेशिक रोजगार विभागमा भित्र छिर्ने क्रममा तारा बराल दिदीमाथि निर्मम कुट्पिट भएछ ! वहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछु !’

ज्वालाले तारालाई चेतावनी शैलीमा लेखेकी छिन्, ‘साथै आफ्ना अभियान र गतिबिधिहरू संचालन गर्दैगर्दा सम्बन्धित निकायसँग राम्रोसँग सहकार्य गरेर र संयमित भएर जान पनि अनुरोध गर्दछु !’

ज्वालाले सामाजिक सञ्जालमा लेखेको कुरालाई ताराले स्क्रिन सर्ट गरेर ज्वालालाई जथाभावी नबोल्न चेतावनी दिएकी छिन् ।
ताराले ज्वालालाई घोचपेचमा नउत्रिन चेतावनी दिएकी छिन् ।

ताराले लेखेकी छिन्, ‘मुखमा रामराम, वगलीमा छुरा भने झैं जताततै मलाई नजानिदो तरिकाले घोचपेच केका लागि ?’ भनेर प्रश्न गरेकी छिन् ।

ताराले भनेकी छिन्, ‘नबुझी लेखेका कसैका लेखाइले म गाली नखाऊँ है ! मेराबिरुद्ध पुनः १ युनिभर्सिटीको दोश्रो रंगशाला बनाएरै छाड्न रेणुलाई गुहारेर तम्सिएकोले म धेरै आक्रोशित छु !’

‘के कसरी घटना घट्यो भनी सम्वन्धित व्यक्तिबाट पहिले बुझेर मात्रै स्टाटस लेख्नु प¥यो मित्र हो भने !?’, ताराले ज्वालालाई चेतावनी दिएकी छिन् । ताराले भनेकी छिन्, ‘सोधेर, खोजेर, बुझेर लेख्नुपर्छ नि !’

‘विषय नै नबुझी कमेन्टमा लाटाहरूबाट गालीको वर्षा आइरहेको हुन्छ !’, ताराले भनेकी छिन्, ‘तपाईका म बिरोधी पोष्ट कै कारण तपाईंका कार्यकर्ताले अहिले मेराबिरुद्ध अन्धा गाली गरिरहेका छन् !’

ताराले ज्वालाई भनेकी छिन्, ‘तपाईं लुक्दा पनि म तपाईको पार्टीको आपदमा बोलेको त माटोमा मिलाउँनुभयो !’

‘अस्ति तारा बराललाई म केन्द्रीय सदस्य भएको डाह लागेछ भनेर लेखेको देखेपछि मलाई अझ लाज लागेको छ साथी’, ताराले ज्वालालाई घृष्णा गरेल लेखेकी छिन् ।

Published : Friday, 2023 March 3, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया