प्रहरी हेडक्वाटरमा बैण्ड कन्सर्ट कार्यक्रम, आईजीपी सिंह सहभागी
काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको प्रमुख आतिथ्यमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाजबाट सामूहिक रुपमा कन्सर्ट सम्पन्न भएको हो ।
नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाजका तर्फबाट कर्णेल पौल स्मिथ समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।
प्रहरी महानिरीक्षक सिंहले बैण्ड अफ द ब्रिगेड अफ गोर्खाजका सहितका सबैप्रति कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ ।
बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज् र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ ।
संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया