व्यूरोद्वारा १८ जना मानिसहरू पक्राउ, ४८ लाखको खैरो हेरोइन बरामद
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले लागुऔषध कारोवारमा संलग्न भारतीयसहित १८ जना मानिसहरू पक्राउ गरेको छ ।
खैरो हेरोइन ४६९.५१ ग्राम र ४० एम्पुल बरामद भएको व्यूरोका कार्यालय प्रमुख तथा एसएसपी विकासराज खनालले बताएका छन् ।
विशेष सूचनाका आधारमा निरन्तर निग्रानीपश्चात काठमाडौं उपत्यका तथा बिभिन्न जिल्लामा रहेका मातहत शाखा कार्यालयहरूबाट खैरो हेरोइन र डाईजेपाम, ब्रुपिनोर्फिन रफेनारगन एम्पुलहरूसहित १८ जना मानिसहरू पक्राउ गरिएको छ ।
उनीहरूउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
फागुन १० गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ मनोहरा मार्गस्थित सडक किनारमा प्रदेश ३–०२–००४ प ८८३५ नम्वरको मोटरसाईकलमा फेला परेका मुगुको सोरू गाउँपालिका १० बस्ने वर्ष २७ को वीरेन्द्रबहादुर मल्लको साथबाट खैरो हेरोइन ४.५ ग्राम बरामद भएको छ ।
उनको डेराबाट डिजिटल तराजु थान १ तथा नगद ११ हजार ५ सय बरामद गरिएको छ ।
फागुन १० गते चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट कैलालीको लम्किचुहा नगरपालिका १ बस्ने वर्ष ४० को सुनिल शाहीलाई खैरो हेरोइन ५० ग्रामसहित पक्राउ गरिएको व्यूरोले जनाएको छ ।
फागुन १४ गते बुढानिलकण्ठ नगरपालिका १० बाट सर्लाहीको पर्सा गाउँपालिका २ बस्ने वर्ष २३ को निखिलकुमार मण्डल र भारतको मोतीहारी बस्ने वर्ष ३१ को जगत शर्मालाई बुप्रेनोर्फिन १३१ एम्पुल, डाईजेपाम ६२६ एम्पुल र फेनारगन १८३ एम्पुलसहित पक्राउ गरिएको छ ।
फागुन १४ गते अनामनगरस्थित सडक किनारवाट कैलालीको बर्दगोरिया गाउँपालिका ६ बस्ने वर्ष २६ का कोनिरज चौधरीको अनामनगरस्थित डेराकोठाबाट डिजिटल तराजु थान १ तथा कैलालीको टीकापुर नगरपालिका १ बस्ने वर्ष २६ को बालकृष्ण चौधरीलाई खैरो हेरोइन १५.५ ग्रामसहित पक्राउ गरिएको छ ।
व्यूरोको शाखा कार्यालय नेपालगन्जको प्रहरी टोलीले फागुन १४ गते बाँकेको कोहलपुर नगरपालिका ४ गोहवाबाट खजुरा गाउँपालिका ४ बस्ने वर्ष २३ को रोहित योगीलाई खैरो हेरोइन १४.७५ ग्रामसहित पक्राउ गरिएको छ ।
पुस ६ गते फ्लाई दुबईको उडानद्वारा ब्राजिलको रियो डी जेनिरियोबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनीकी नागरिक बर्ष ३२ की दारियान्तोनेन्कोको गतिविधि शंकास्पद देखिएकाले निग्रानी गर्दै जाने क्रममा ठमेलस्थित होटेल बुद्ध प्रा.लि.मा उनको २ वटा सुटकेसभित्र फल्स बटम बनाई लुकाई राखेको कोकिन ५ किलो ६०० ग्राम, अमेरिकी डलर ३ सय, थाई भाट ४८०, नेपाली रुपियाँ ५ हजार र ती महिलाको नामको युक्रेनी पासपोर्ट समेत बरामद गरिएको छ ।
थप अनुसन्धानको सिलसिलामा बरामद कोकिनसहितको सुटकेस लिन बैंककबाट मलेसिया हुँदै काठमाडौं आएकी थाई नागरिक वर्ष २५ की आरेया फोनक पुस ७ गते ठमेलस्थित द काठमाडौं गार्डन होटेलमा सुटकेश लिन आएकी महिला थाई पासपोर्टसहित पक्राउ परेकी छिन् ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रति १ ग्रामको २१,६००।– को दरले ५ किलो ६०० ग्रामको अन्दाजी १२ करोड ९ लाख ६० हजारको बरामद भएको छ ।
व्यूरोको शाखा कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले फागुन १४ गते कैलालीको धनगढी उप–महानगरपालिका ३ चौराह चोकबाट टीकापुर बस्ने वर्ष २८ की सावित्री मगर शाही, वर्ष ३० को प्रकाश बुढार वर्ष २२ की कल्पना चौधरीलाई खैरो हेरोइन ७.२६ ग्राम सहित पक्राउ गरिएको छ ।
व्यूरोले फागुन १५ गते गोकर्णेश्वर नगरपालिका ६ सर्वेश्वर मन्दिर अगाडि सडक किनारमा झापाको कचनकवल गाउँपालिका ६ ठेगाना भएका वर्ष ३७ का तोलपाल राजवंशीको साथबाट खैरो हेरोइन ३ ग्रामसहित पक्राउ गरिएको छ ।
वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन १६ वीरगंज १६ शंकराचार्य गेट नजिक सडक खण्डबाट भारतको पश्चिम बंगाल जिल्ला माल्डा बमन ग्राम बस्ने वर्ष २९ को महमद नायम शेषलाई खैरो हेरोइन ३०० ग्रामसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
फागुन १६ गते बुढानिलकण्ठ १२ संगमचोकस्थतबाट ईलामको ईलाम नगरपालिका ८ बस्ने वर्ष २२ का सुसन तामाङलाई फेला पारी खैरो हेरोइन २८.५ ग्राम, गाँजाको धुलो १४ ग्राम र डिजिटल तराजु थान १ सहित पक्राउ गरिएको छ ।
पोखराको प्रहरी टोलीले फागुन १६ गते पोखरा नागढुगा चोकबाट पोखरा ९ बस्ने वर्ष २६ को आशिष थकालीको साथबाट अबैध खैरो हेरोइन १६ ग्राम स्याङ्जाको पुतलीबजार नगरपालिका ६ बस्ने वर्ष २७ को सुमन गुरुङको साथबाट खैरो हेरोइन १३ ग्रामसहित पक्राउ गरिएको छ ।
काँकडभिट्टाको प्रहरी टोलीले फागुन १७ गते झापाको बिर्तामोड नगरपालिका ८ स्थित सडक किनारबाट सिरहाको सखुवान कर्कटी वडा नं. २ बस्ने वर्ष २० को शिवशंकर यादब र सप्तरीको राजबिराज नगरपालिका वडा न.७ बस्ने वर्ष ३५ को मोहमद नसिमको साथबाट खैरो हेरोइन १२ ग्रामसहित पक्राउ गरिएको छ ।
फागुन १७ गते चन्द्रागिरी २ नागढुंगाबाट रोल्पाको ऊवा गाउँपालिका २ बस्ने वर्ष २८ को राजकुमार मगरलाई खैरो हेरोइन ५ ग्रामसहित पक्राउ गरिएको छ ।
बरामद लागु औषधको अवैध बजार मूल्य अन्दाजी अठ्चालीस लाख त्रिपन्नहजार बीस हजार रहेको छ ।
एम्पुलको अवैध बजार मूल्यप्रति एम्पुल १६८ को दरले ९४० एम्पुल को मूल्य रू. १ लाख ५७ हजार ९२० पर्छ ।
खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम रू. १०,०००।– को दरले ४६९.५१ ग्रामको मूल्य करीव ४६ लाख ९५ हजार १००।– पर्ने व्यूरोका प्रवक्ता तथा सूचना अधिकारी (एसपी) चक्रराज जोशीले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया