काठमाडौंमा विदेशी युवतीहरू ल्याएर वेश्यावृत्तिमा सप्लाई, व्यूरोद्वारा नाईके पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको ठमेलबाट वेश्यावृत्ति कार्यमा युवतीलाई जवरजस्ती संलग्न गराएको अभियोगमा २५ वर्षीया विदेशी युवतीलाई पक्राउ गरेको छ ।
व्यूरोले युगाण्डाकी नागरिक ‘नताशा’ भनिने ‘ईम्माकुलेट नबासुम्बा’लाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जनाएका छन् ।
नबासुम्बाले पीडित युवतीलाई प्रतिव्यक्ति ४ हजारदेखि ५ हजारसम्म पैसा लिएर यौन व्यवसायमा लगाउने गरेको विज्ञप्तिमा उल्लेख छ । नबासुम्बाले आफै ठमेलका नाईट क्लवहरूमा गएर ग्राहक खोजेर ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
नबासुम्बाले बेलाबेला युगाण्डाबाट महिला र युवतीहरूले ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ । ती पीडित युवतीसँग यौनसम्पर्क गर्नेहरू तथा अन्य व्यक्तिहरूको पनि व्यूरोले खोजतलास सुरु गरेको छ ।
नबासुम्बा पर्यटक भिसामा नेपाल आएर ठमेलस्थित होटेल जर्नी होम प्रा.लि.मा बस्दै आएकी थिइन् ।
नबासुम्बाले २६ युवतीलाई नेपालमा ल्याएर वेश्यावृत्तिमा लगाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताएका छन् ।
नबासुम्बाले ती युवतीलाई नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५०० अमेरिकी डलर कमाई हुने प्रलोभनमा पारेर युवतीलाई ल्याएकी थिइन् ।
नेपाल आउने र जाने हवाई टीकट, भिषा लगायतको खर्च समेत पछि कमाएर तिर्ने शर्तमा पीडित युवतीलाई सन् २०२३ जनवरी २६ हवाई मार्ग हुँदै नेपाल झिकाई आफू बस्दै गरेको होटेलमा ल्याई राखेकी थिइन् ।
नबासुम्बाले ती पीडित युवतीलाई नेपाली तथा भारतीय मूलका व्यक्तिहरूसंग शारीरिक सम्पर्क गर्नुपर्ने अन्यथा पीडित युवतीको परिवारलाई मारिदिनेसम्मको डर, धम्की दिएर शारीरिक सम्पर्क गर्न बाध्य पारेको अनुसन्धानका क्रममा खुलेको छ ।
पीडित युवतीलाई दिनमा ५–७ जनासँग शारीरिक सम्पर्क गर्न लगाएको व्यूराको विज्ञप्तिमा उल्लेख छ ।
एक हप्तापछि पीडित युवती बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि ती पीडित युवतीलाई होटलबाट निकालेकी थिइन् ।
त्यसपछि पीडित युवती युगाण्डा फर्कने भनी २६ फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नबासुम्बाले पीडित युवतीको हवाई टिकट रद्द गरिदिएकी थिइन् ।
फागुन १५ गते पीडित युवतीले व्यूरोको सम्पर्कमा आएर उजुरी दिएकी थिएन् । उजुरीपछि व्यूरोले नबासुम्बालाई ठमेलबाट पक्राउ गरेको थियो ।
नबासुम्बाविरुद्ध पीडितले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण)ऐन,२०६४ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छिन् ।
पक्राउ परेकी नबासुम्बालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान भैरहेको एसपी पंगेनीले बताए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया