कहिले विस्तार हुन्छ सरकार ? कांग्रेस नेता खाणको यस्तो छ सुझाव
काठमाडौं । प्रधाननमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति÷उप–राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन् ।
पहिला राष्ट्रपति/उप–राष्ट्रपति ८ दलीय गठबन्धनबाट निर्वाचित गराउन लाग्ने, त्यसपछि मात्रै विश्वासको मत लिने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।
विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्न सुझाव पनि गठबन्धन दलले प्रधानमन्त्री दाहाललाई दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पहिला राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारले विश्वासको मत लिने बताए ।
‘पहिला ८ दलीय गठबन्धन राष्ट्रपति निर्वाचन सम्पन्न गर्नतर्फ केन्द्रित हुन्छ’, खाणले भने, ‘त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ ।’
खाणले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताएका छन् ।
‘पहिला राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, त्यसपछि सरकार विस्तारसम्बन्धी काम सुरु हुन्छ’, उनले भने, ‘सरकारमा सहभागी हुन चाहने दलहरूसँग समन्नवय गरेर सरकार विस्तारको काम हुन्छ ।’
अहिले एमालेले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएपछि १६ मन्त्रालयको जिम्मा प्रधानमन्त्री आफैले लिएका छन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन फागुन २५ गते र उप–राष्ट्रपति निर्वाचन चैत ३ गते गर्ने समय निर्धारण गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया