प्रहरीका सहायक हवल्दारको ढलेर मृत्यु
काठमाडौं । डिउटीमा खटिएका बेला नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको छ ।
चौधरीको बैतडीमा डिउटीमा खटिएका बेला बुधबार मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।
चौधरी अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय बैतडीले चौधरी बेलुका एक्कासि ढलेका थिए ।
चौधरीलाई तत्काल उद्धार गरेर पाटन अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन् ।
प्रहरी सहायक हवल्दार चौधरीको घर कैलालीमा पर्छ ।
Published : Thursday, 2023 March 2, 12:26 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया