एमालेले अन्य दलबाट प्रस्तावक र समर्थक पाएन, ओली आफै बने प्रस्तावक

काठमाडौं । एमाले विन्न दलबाट समर्थक र प्रस्तावक नपाएपछि आफ्नै सांसदहरूलाई राखेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका हुन् ।

नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेका सांसद छन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष तथा सांसद खड्गप्रसाद ओली, सांसदहरू पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् ।

समर्थकमा सांसदहरू योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

नेम्वाङ पूर्वसभामुख हुन् । उनी इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन् ।

एमालेका राष्ट्रपतिका उम्मेदवार नेम्वाङको समर्थक र प्रस्तावकहरू अन्य दलहरूबाट हुन्छन् कि भन्ने थियो । कुनै पनि दलका सांसदहरू समर्थक र प्रस्ताव बस्न नमानेपछि एमालेका अध्यक्ष ओली आफै नेम्वाङको समर्थक बनेका छन् ।

Published : Saturday, 2023 February 25, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया