रोल्पाका प्रकाश ललितपुरबाट पक्राउ
काठमाडौं । प्रहरीले २८ वर्षीय प्रकाश घर्ती मगरलाई काठमाडौंमा पक्राउ गरेको छ ।
नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई ललितपुरको गोलभट्टा बस्ने मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मगरलाई पक्राउ गरेको हो ।
मगरले ‘बी’ वर्गको सवारी चालक अनुमतीपत्रलाई ‘ए, बी, एफ र जी’ वर्गको नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
उनलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया