काठमाडौं, भक्तपुर र ललितपुरमा जग्गाको कित्ता काट खुल्यो

काठमाडौं । लामो समयदेखि बन्द रहेको जग्गाको कित्ता काट काठमाडौं उपत्यकाका तीन जिल्लामा खुलेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जग्गा वर्गीकरणको काम सकिएको छ । वर्गीकरणको काम सकिएपछि कित्ताकाट खुलेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ ।

स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका छन् । अन्य विधामा भने छुट्याउन बाँकी छ ।

२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ ।

कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् ।

भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।

ललितपुरमा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

Published : Wednesday, 2023 February 22, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया