कांग्रेस सांसद दीपक गिरीद्वारा दाङको चारलेन सडकबारे सरकारको जवाफ माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले दाङको चारलेन सडकको काम ढिलाइ भएको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सुरुमै समय लिएर बोल्दै सांसद गिरीले दाङको चारलेन सडक छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरे । उनले भारतको ठेकेदार कम्पनीले निर्माणको जिम्मेवारी लिएर चार वर्षसम्म काम सम्पन्न नगरेको भन्दै चिन्ता जनाएका छन् ।
उनले भने, ‘दाङ जिल्लामा चारलेन सडकका बारेमा सदनमा राख्न चाहन्छु । ३० महिनामा बन्नुपर्ने बाटो आज चार वर्ष हुँदा पनि नबनेर अलपत्र बनेको छ ।’
‘सडक नबनेका कारण चार वर्षको समयमा त्यो बाटोबाट हिँड्ने सवारी साधन र यात्रुको दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको छ’, सांसद गिरीले भनेका छन् ।
‘दाङको बाटो डरलाग्दो अवस्थामा छ । धुलाम्य हुने, वर्षातमा हिलाम्य हुने अवस्था छ’, उनले भने, ‘सरकारी निकाय सडक विभागसहितका सरोकारवाला निकाय तथा नेपाल सरकार किन मौन छ ? के कारणले सरकार मौन छ ? हामी बोल्न बाध्य भएका छौँ ।’
‘दाङको चारलेन सडकका बारेमा सदनलाई जानकारी गराउनु पर्छ’, गिरीले भने, ‘नेपाल अधिकराज्यभरिका सडक चाहे त्यो पूर्वको रविको बाटो होस्, चाहे त्यो नुवाकोटको बाटो होस्, चाहे त्यो नगरकोटको बाटो होस् त्यस्तै त्यो चारलेनको बाटो एक्जिम बैंकद्वारा बम्बईको ठेकेदारले पाएको छ ।’
उनले भने, ‘त्यो निर्माण व्यवसायीले पाएको बाटो किन आजसम्म बनिरहेको छैन ? त्यसको जवाफ कसले दिने हो ? सुन्दैछु त्यो छिट्टै रद्द हुँदैछ । त्यसपछि के हुने ? त्यसको बारेमा नेपाल सरकार वा सडक विभागबाट वास्तविक कुरा आउनु पर्यो ।’
‘शून्य समयमा कुरा राख्दा पनि उचित जवाफ आउँदैन’, उनले भने, ‘लमही–घोराही–तुलसीपुर सडकको तीन पटक म्याद थप गरेर ९.८ किलोमिटर मात्रै बाटो निर्माण भएको छ ।’
चारलेन सडक बनाउने ठेक्का भारतको प्रवीणब्रम्हदेव पाण्डेले लिएका छन् । पाण्डेले कमिशन खाएर पेटीठेक्का लगाउने गरेका छन् । ती पेटीठेकेदारले काम गर्नेभन्दा पनि आफूले कमाउधन्दा चलाउने गरेका छन् । टी पेटीठेकेदारहरू पूर्वमण्डले, कम्युनिस्ट, एमालेलगायतका रहने गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया