राजाको जस्तै ‘सिंहासन’मा ओली बिराजमान, उषाकिरणलाई तल राखियो

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीलाई नेता कार्यकर्ताहरूले राजाको जस्तो ‘सिंहासन’ बनाएर बसालेका छन् ।

एमालेको मदन भण्डारी फाउण्डेशन केन्द्रीय कमिटी दोश्रो पूर्ण बैठकमा ओलीलाई सिंहासन बनाएर अलग्गै राखिएको छ ।

मंगलबार राजधानीमा बसेको फाउण्डेशनको बैठकमा ओली अगाडि बसेका छन् । ओलीलाई बस्नका लागि फाउण्डेशनले अलग्गै कुर्सी राखिदिएको छ ।

फाउण्डेशनकी अध्यक्ष स्व.मदन भण्डारी र राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी हुन् । उषाकिरण मञ्चभन्दा तल बसेकी छिन् । फाण्डेशनकी अध्यक्ष उषाकिरणसहितका पदाधिकारी र सदस्यहरूका लागि बस्ने व्यवस्था मञ्चभन्दा तल गरिएको छ ।

फाण्डेशनको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष उषाकिरण र एमालेका अध्यक्ष ओलीको बस्ने कुर्सीसँगै हुनुपर्ने थियो । ओलीको दवाव वा डरले फाउण्डेशनकी अध्यक्ष उषाकिरणलाई ओलीको कुर्सीसँगै राखिएको छैन ।

ओलीसँग एमालेका नेता कार्यकर्ता बोल्न डराउँछन् । आफ्नो आलोचना सुन्न ओलीले रुचाउँदैनन् । आलोचना गर्ने नेताहरू भीमबहादुर रावल, घनश्याम भुसालसहितका नेताहरूको हविगती के भयो सबैलाई थाहा छ ।

ओलीको निरंकुशता र अहँकार झेल्न नसकेर माधवकुमार नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, विरोध खतिवडासहितका नेताहरू अलग पार्टी खोलेर बसेका छन् ।

फाउण्डेशनको ४५ सदस्यीय केन्द्रीय कमिटी छ । कमिटीको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई रहेका छन् ।

सदस्यहरूमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालुसिंह खत्री र मीना भण्डारी छन् ।

सदस्यहरूमा प्रदेश १ बाट गोपाल गुरागाईं, खेमराज पोखरेल, मन्जु चौधरी, किशोरचन्द्र दुलाल, मधेश प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव, बागमती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दीपक सुवेदी, रामशरण ढुङ्गाना छन् ।

गण्डकी प्रदेशबाट दामोदर वैरागी, डा.निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मीना बुढा, कर्णाली प्रदेशबाट टीका विष्ट, प्रा.डा.नन्दबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली सदस्य छन् ।

Published : Tuesday, 2023 February 21, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया