चार डीआईजीहरूको बढुवा, आईजीपीद्वारा दुर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बढुवा भएका उच्च अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित समारोहका बीच आईजीपी अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
वरिष्ठ अधिकृतहरूमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सरकारले फागुन ४ गतेको निर्णयबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जनामध्ये ३ जना वरिष्ठ अधिकृतलाई आईजीपी अर्यालले दर्ज्यानी चिन्हबाट शुसोभित गरेको विज्ञप्तिमा उल्लेख छ ।
अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने उल्लेख गरेका छन् ।
महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने चेतावनी दिएका छन् ।






बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया