झापा र चितवनका दुई युवतीहरू काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई जनालाई ठगी काण्डको अभियोगमा पक्राउ गरेको छ ।

झुट्ठा बहाना बनाई अनलाईमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका–१० चन्द्रगढी लेखनाथचोक घर भई काठमाडौं महानगरपालिका–२२ खिचापोखरी बस्ने ३२ वर्षीया दीपाञ्जलि थापा भन्ने उषा कार्की र चितवनको कालिका नगरपालिका–४ की २० वर्षीया निकिता सुवेदी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले पीडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ भनी काठमाडौं बाँसबारीमा घर रहेको साथै यूनिभर्सिटिबाट एमबीबीएस टपर डाक्टर हुँ भनी बताएर ठगी गर्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

हाल बिद्यालयसम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छुभन्दै पीडितसँग झुट्ठा बहाना बनाई पीडितको साथी बनेर पीडितलाई ई–सेवा वालेटमा रकम पठाउन लगाई अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Published : Friday, 2023 February 17, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया