स्व.हरिकला भण्डारीप्रति कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले स्व.हरिकला भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

बिहीबार कांग्रेसले शोक वक्तव्य जारी गरेर नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

हरिकला भण्डारी बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर लिक भई गम्भीर घाइते भएकी थिइन् । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

कांग्रेसले भनेको छ, ‘लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदै आउनु भएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

स्व.हरिकला भण्डारीको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि अन्तिम दाहसँस्कार गरिनेछ ।

Published : Thursday, 2023 February 16, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया