बसले स्कुटरलाई ठक्कर दिँदा २५ वर्षीया महिलाको मृत्यु

काठमाडौं । ललितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ धुसलधारामा बा.४ ख ८४३९ नम्बरको बसले बा.७० प ५८८ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोदावरी नगरपालिका–३ बस्ने २५ वर्षीया उमा सिलवालको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी सिलवालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता, मोरङको मिक्लाजुङ्ग गाउँपालिका–९ भण्डारी चोक बस्ने ४९ वर्षीय यामबहादुर गौतम आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिका–२ बेलटार बस्ने ईलाम, ईलाम नगरपालिका–१२ घर भएका ६३ वर्षीय टीकाबहादुर लिम्बु सोही ठाउँस्थित खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खु घर भई हाल सिद्धिचरण नगरपालिका–४ रुम्जाटार बस्ने २२ वर्षीय टेकराज रोका सोही ठाउँस्थित बाँसको कटेरोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

इलामको रोङ गाउँपालिका–१ खरबाङ जुरे बस्ने ६८ वर्षीय दुर्गामान राई सोही ठाउँस्थित निर्माणाधिन सडकबाट करिब २ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित बागमती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Sunday, 2023 February 12, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया