पति छाडेर एक्लै बस्दै आएकी बलिउड अभिनेत्री काठमाडौं आइन्
काठमाडौं । पतिलाई छाडेर एक्लै बस्दै आएकी बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा आएकी छिन् ।
बिहीबार बिहान अरोरा काठमाडौं आएकी हुन् । चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिन उनी काठमाडौं आइपुगेकी हुन् ।
नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग आयोजना गर्न लागेको कार्यक्रममा भाग लिनका लागि उनी काठमाडौं आइपुगेकी छिन् ।
अरोराले नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । अरोराका नेपालमा पनि फ्यानहरू छन् ।
ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने जनाइएको छ ।
शुक्रबार होटल याक एन्ड यतिमा १२:३० मा ज्वेलरी फेशन सो हुनेछ । पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ ।
अभिनेत्री अरोरा अभिनेता अरबाज खानकी पूर्वपत्नी हुन् । अरबाज खान अभिनेता सलमान खानका दाइ हुन् । मलाइका अरोरा अभिनेता सलमान खानकी पूर्व भाउजु हुन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया