कुमारी बैंकको सीईओमा अर्याल नियुक्त
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् ।
कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार भएसँगै अर्याललाई कुमारी बैंकको सीईओ नियुक्त गरिएको हो ।
कुमारी र एनसीसीबीच मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी र एनसीसी बैंक १:१ अनुपातमा मर्ज भएका हुन् ।
Published : Monday, 2023 January 2, 5:24 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया