दीपिका अब रोहितको फिल्ममा नायिका

मुम्बई । बलिउड फिल्म निर्देशक रोहित शेट्टीले छिट्टै ‘सिंघम ३’ निर्देशन गर्ने भएका छन् ।

रोहितले आफ्नो फिल्ममा नायिका दीपिका पादुकोण महिला प्रहरी अफिसरको भूमिकामा तयारी गरेका छन् ।

डिसेम्बर ८ मा रणवीर सिंहको फिल्म सर्कसको गीत ‘करेन्ट लगा’ सार्वजनिक भएको थियो ।

रणवीर, दीपिका र रोहित तीन जना सोही कार्यक्रममा पुगेका थिए ।

कार्यक्रममा निर्देशक रोहितले आफू चाँडै ‘सिंघम ३’ मा काम सुरु गर्ने बताएका थिए ।

रोहितले भनेका छन्, ‘मानिसहरूले मलाई सोध्छन् कि तपाईको प्रहरी यूनिवर्स फिल्ममा महिला प्रहरी अफिसरको भूमिका कसले निभाउला, त्यसैले आज तपाईलाई बताउन चाहन्छु कि दीपिका ‘सिंघम ३’ मा लेडी सिंघमको भूमिकामा देखिने छन् ।’

‘अर्को वर्ष फिल्मको छायाँकन सुरु गर्नेछौं’, निर्देशक रोहितले भनेका छन् ।

रोहितको निर्देशनमा अहिलेसम्म सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी जस्ता हिट फिल्महरू बनेका छन् ।

सिंघम फ्रेन्चाइजमा अजय देवगन मुख्य भूमिकामा रहेका छन् ।

दीपिका पनि यस फ्रेन्चाइजको हिस्सा बन्न लागेकी छन् ।

यो फिल्म २०२३ को अन्त्यमा सार्वजनिक हुने अपेक्षा समेत गरिएको छ । एजेन्सी

Published : Friday, 2022 December 9, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया