काठमाडौंमा बस र मोटर साईकल एकआपसमा ठोक्किए

काठमाडौं । काठमाडौंमा बस र मोटर साईकल एकआपसमा ठोक्किएका छन् ।

बिहीबार साँझ काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटर साइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा मोटर साइकल चालक धादिङको थाक्रे गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ३४ वर्षीय प्रतीक बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटाको मनमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, नवलपुर हुप्सेकोट गाउँपालिका–५ कान्छीपानीमा ग.प्र.०४–००१ ज ०००६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको छ ।

सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जना पुरुष र २ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये ७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छभने ३ जना स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Published : Friday, 2022 December 2, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया